free website hit counter

किन महंगिदैछ सुन, एक सातामा ३३ सय महंगियो

beemaadmin
२०८१ पुष २०, शनिबार

काठमाडौं । सुनको भाउ लगातार महंगिने क्रममा रहेको छ । गत साता बढेको सुनको भाउ यो साता पनि वृद्धि भएको छ । यो साता सुन तोलामा नै तीन हजार ३०० रुपैयाँले महँगिएको छ। अन्तराष्ट्रिय बजारमा देखिएको सामान्य बृद्धिको कारण नेपाली बजारमा पनि सुनको भाउ महँगिएको हो। यस साताको पहिलो दिन, आईतबार प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा खरिदबिक्री भएको छापावाला सुन साताको अन्तिममा बढेर एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो। खासगरी, यस साताको एक दिन मात्र सुनको भाउमा गिरावट देखिएको थियो । अन्यथा, साताको अन्य दिन भने सुन महंगिएको थियो। सोमबार सुन प्रतितोला एक लाख ५० हजार ६०० रूपैयाँ पुगेको थियो जुन मंगलबार घटेर एक लाख ५० हजार ४९ हजार ६०० रूपैयाँमा झरेको थियो । यसैगरी, बुधबार पुनः वृद्धि भएर तोलाको एक लाख ५१ हजार र बिहीबार एक लाख ५१ हजार ५०० रूपैयाँ पुग्यो । अन्तिममा, साताको अनतिम दिन, शुक्रबार सुन प्रतितोला एक लाख ५३ हजार ५०० रूपैयाँमा कारोबार भयो । यता, चाँदीको भाउ पनि महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी साताभरमा तोलामा २० रुपैयाँले बढेको छ। साताको सुरूवातमा प्रतितोला एक हजार ७९० रहेको चाँदीको भाउ बढेर शुक्रबार प्रतितोला एक हजार ८१० रुपैयाँ पुगेको हो। चाँदीको मूल्य सोमबार महंगिएको थियो जुन यस साताको मंगलबार गिरावट भएको थियो भने बुधबार स्थिर रहेको थियो । बिहीबार भने चाँदीको मूल्यमा बढोत्तरी हुँदा प्रतितोला एक हजार ७९० रूपैयाँमा किनबेच भएको थियो । यसैगरी, शुक्रबार चाँदी प्रतितोला एक हजार ८१० रूपैयाँको स्तरमा किनबेच भयो । भाउ घटेपनि अझै बजारमा सुनको आपूर्ति भने सहज हुन सकेको छैन। अझैपनि महासँघले तोकेकोभन्दा बढी मूल्य तिरेर सुन खरिद गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरु बताउँछन्।

किन उकालो लाग्दैछ
हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिआउन्स २६५५ डलरमा कारोबार भइरहेको छ। सो बजारमा शुक्रबार सुनको भाउ सामान्य घटेको हो । २०२५को सुरूवातमा नै विश्व बजारमा सुनको भाउमा वृद्धि देखियो । यस साता पछिल्लो २ सातायताकै उच्चस्तरमा सुनको भाउ पुगेको थियो । यो साता सुन प्रतिअउन्स २९ डलर भन्दा धेरैले बढेको तथ्यांकले देखाउँछ। सुनले प्रतिअउन्स २ हजार ६६४ डलरमाथि पुगेर साताकै उच्चस्तर छोएको थियो । अमेरिकी आर्थिक नीतिहरूमा ट्रम्प प्रशासनको आगामी परिवर्तनहरू र अतिरिक्त शुल्कहरू अपेक्षित रूपमा पुनस् लागु हुने बजार अनिश्चितताका कारण सुनको भाउ बढेको विश्लेषकहरू बताउँछन् ।यो वृद्धि अमेरिकी मौद्रिक सहजता, रेकर्ड केन्द्रीय बैंक खरिद, र कीभमा बुधबारको रूसी ड्रोन हमला र गाजामा इजरायली सैन्य कारबाहीहरू लगायतका निरन्तर भू(राजनीतिक तनावले उत्तेजित भएको पनि उनीहरूको भनाइ छ । अघिल्लो साता सुन प्रतिआउन्स २६२२ डलरमा कारोबार भएको थियो।

सम्बन्धित समाचार