free website hit counter

किशोरी जलाउने प्राध्यापकसहित १६ जनालाई मृत्युदण्डको फैसला

beemaadmin
२०७६ कार्तिक ८, शुक्रबार

काठमाडौं । यौन अपराधका घटना विश्वभर बढिरहेको छ । यही बेला बंगलादेशमा भने एक किशोरीलाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै बाङ्ग्लादेशको एक अदालतले १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया किशोरी नुसरत जहाँ रफीको गत अप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो । उक्त नगर राजधानी ढाकादेखि १६० किलोमिटर पर रहेको छ।
नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन् ।
त्यसको ११ दिनपछि गत एप्रिल ६ मा उनलाई विद्यालयको छानामा बोलाइएको थियो । त्यहाँ उनलाई बुर्का लगाएका चार पाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाव दिएका थिए ।
त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो । प्रहरीका अनुसार उनले आत्महत्या गरेको जस्तो देखाउने प्रयास गरिए पनि उनको उद्धार गरियो । नुसरतको शरीरको ८० प्रतिशत भाग जलेको थियो । उनको चार दिनपछि मृत्यु भएको थियो ।

सम्बन्धित समाचार