free website hit counter

कुमारी बैंकको कामु सीइओमा अनुजमनि

beemaadmin
२०७८ श्रावण १, शुक्रबार

काठमाण्डौ । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले अवकाश लिएका छन् । उनको अवकाशसँगै बैंकका वरिष्ठ डेपुटी सीइओ अनुजमनि तिमल्सिनाले कायमुकायम सीइओको जिम्मेवारी पाएका छन् । बैंकर भण्डारीको ४ वर्षे कार्यकाल असार ३१ गते सकिएसँगै उनले जिम्मेवारीबाट अवकाश लिएका हुन् । भण्डारीको अवकाशपछि कुमारी बैंकको संचालक समितिको बैठकको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई साउन १ गतेदेखि लागू हुने गरी कामु सीइओ नियुक्त गरिएको बैंकले जनाएको छ । ३५ वर्षको लामो बैंकिंङ्ग करिअर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको वृहत कार्यकालको अनुभव हासिल गरेका भण्डारीको कार्यकाल सुखद रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनको कार्यकालमा बैंकले आफ्नो स्तरोन्नति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको विज्ञप्तिमा उल्लेख छछ । बैंकले यही कार्यकालमा ७ विभित्र वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निकै फराकिलो पारेको थियो । बैंकको सञ्चालक समितिको बैठकमा भण्डारीले आफ्नो परिवार तथा समाजप्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएको हुनाले जिम्मेवारीबाट विदा लिएको उल्लेख गर्दै नयाँ पिंढीले बैंकको सवल, सक्षम कार्यसम्पादन गर्न शुभकामना समेत दिए ।

सम्बन्धित समाचार