free website hit counter

कुमारी बैंकले दिनेभो ठमेलका व्यवसायीलाई ५० लाख कर्जा

beemaadmin
२०७७ फाल्गुन ५, बुधबार

काठमाडौं । कोरोना करहले सारा व्यवसाय चौपट बनाएको बेला कुमारी बैंकले ठमेलका पर्यटन व्यवसायीलाई ५० लाख सम्म कर्जा दिने भएको छ ।

कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि दुई कम्पनीले उक्त सहकार्य गरेका हुन् ।

उक्त सहकार्य अन्तर्गत ठमेल पर्यटन विकास परिषदमा आबद्ध रजिष्टर्ड सदस्य व्यवसायीलाई उक्त कर्जा सुविधा प्रदान गरिने छ । यसरी प्रदान गरिने अधिविकर्ष तथा चालु पुँजीकर्जा लगायत आवधिक कर्जाको सीमा अधिकतम ५० लाख रुपैयाँ रहने छ ।

उक्त कर्जाहरु व्यवसायको संचालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ । उक्त कर्जा, आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने छ ।

बैंकले हाल १९२ शाखा संञ्जाल, १५६ एटीएम, २३ शाखा रहित बैंकिङ्ग ईकाई र १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराइरहेको छ । बैंकले स्थानिय अर्थ व्यवस्था, खासगरी पर्यटन व्यवसायको विकासको निमित्त आगामी दिनहरुमा अझ प्रभावकारी सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचार