free website hit counter

कुमारी बैंकले बेच्दैछ सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक सेयर

beemaadmin
२०८१ असार ३, आईतवार

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कम्पनीको ६४ हजार ६१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिनेछ । इच्छुक लगानीकर्ताले काठमाण्डौको नक्सालमा रहेको बिक्री प्रबन्धक कुमारी क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ। आवेदन पेश गर्ने अन्तिम मिति असार ९ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।

सम्बन्धित समाचार