free website hit counter

कृषि विकास बैंकको अध्यक्षमा केसी नियुक्त

beemaadmin
२०७८ पुष ६, मंगलवार

काठमाण्डौ । बैंक सञ्चालक समितिको बैठकले कृषि विकास बैंक लिमिटेडको अध्यक्षमा रमेशकुमार केसी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष केसी नेपाल सरकारको विभिन्न निकायमा रही महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हासिल गरेका छन्।
हाल केसी अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका छन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार अध्यक्ष केसीलाई नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा गर्भनर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्।
सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरहरु क्रमशः डा। निलम ढुंगाना तिम्सेना, बमबहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक गुणाखर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्तिप्रसाद सापकोटा, कृषि विकास बैंकका सञ्चालक समिति सदस्य सञ्जीव पौडेल, डा इन्दिरा मास्के श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेलसमेतको उपस्थिति थियो।

सम्बन्धित समाचार