free website hit counter

के भेटेछन् ट्रम्पले त्यस्तो जडि ?

beemaadmin
२०७७ जेष्ठ ६, मंगलवार

एजेन्सी । विश्वका सबैजसो वैज्ञानिकहरुले कोरोनाको औषधि पत्ता लगाउन रातदिन परिक्षण गरिरहेका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भने आफू कोरोनाभाइरसको संक्रमणबाट बचाउनका लागि लागि मलेरियाविरुद्ध प्रयोग गरिने हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको जानकारी दिएका छन् । सोमबार ट्रम्पलाई मिडियाले उक्त औषधीको असरबारे प्रश्न सोधेका थिए । यसबारे ट्रम्पले भने, म करिब डेढ हप्तादेखि यसको सेवन गरिरहेको छु र म यहाँ तपाईंहरु सामू उभिएको छु । मेरो तर्फबाट यही प्रमाण हो । यसबारे निकै सकारात्मक प्रतिक्रिया आइरहेको छ ।
मलेरिया रोगको उपचारमा प्रयोग हुने यो औषधीको ट्रम्पले सुरुमा मजाक उडाएका थिए । यसको प्रभावकारिताबारे अमेरिका भित्रै पनि थुप्रैको भिन्न मत छ । यसबारे क्लिनिकल ट्रायल पनि चलिरहेको छ । स्रोतः बीबीसी

सम्बन्धित समाचार