free website hit counter

कोरानाबाट ज्यान गुमाएका पौडेल परिवारलाई आइएमई लाइफले दियो १० लाख दाबी भुक्तानी

beemaadmin
२०७८ भाद्र २२, मंगलवार

झापा । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको असामयिक निधनपछि आश्रित परिवारलाई बीमा दाबी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीले झापाको बुद्धशान्ति ५ स्थित बीमित महेन्द्र पौडेलका परिवारलाई मृत्यु दाबी बापतको भुक्तानी गरेको जनाएको छ । कम्पनीका एक नम्बर प्रदेश प्रमुख मिलन दाहाल, बिर्तामोड शाखाका प्रमुख महेन्द्र तिम्सिना, बुद्धशान्ति गाउँपालिका ५ का वडाध्यक्ष वासुदेव खतिवडा र ६ का वडाध्यक्ष शम्भु पौडेलले संयुक्त रूपमा बीमितकी श्रीमती लीलामाया पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । ३९ वर्षीय बिमित महेन्द्र पौडेलले बिर्तामोड शाखाबाट २०७७ असोजमा १० लाखको बिमा पोलिसी खरिद गरेका थिए । गत साउन ५ गते उनको कोरोनाका कारण निधन भएको थियो ।
चेक हस्तान्तरण कार्यक्रममा बिर्तामोड शाखा प्रमुख महेन्द्र तिम्सिनाले बीमा झन्झटिलो छ, यसले मानिसलाई झुलाउँछ भन्ने सोचाइ गलत रहेको बताउँदै बीमा महत्वपुर्ण छ त्यसकारण सबैले बीमा गर्नुपर्ने धारण व्यक्त गरे । कम्पनीका प्रदेश प्रमुख मिलन दाहालले आइएमई लाइफ दाबी भुक्तानीका सन्दर्भमा नेपालमै अग्र स्थानमा रहेको बताए । बिमित पौडेलको घरमा आयोजित कार्यक्रममा कम्पनीका चिफ एजेनसी म्यानेजर नगेन्द्र श्रेष्ठ, हरिकुमार खनाल, सिनियर एजेन्सी म्यानेजर हरि कुमार पुरीलगायत स्थानीय बुद्धिजीवी तथा भद्रभलाद्मीको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार