free website hit counter

कोरियन भाषा परिक्षा आवेदनको बिषयलाई लिएर मन्त्रीको गाडीमा आगजनी, एक युवाको मृत्यु

beemaadmin
२०८० पुष १३, शुक्रबार

काठमाडौं । ललितपुरको बालकुमारी क्षेत्रमा संघीय मन्त्रीको गाडीमा आगजनी भएको छ । कोरिया रोजगार अनुमति प्रणाली इपिएसको विषयलाई लिएर युवाहरुले प्रर्दशनका क्रममा मन्त्री प्रकाश ज्वालालाइ बाहिर निकालेर गाडीमा आगजनी गरेका हुन । युवाहरुले पहिला मन्त्रीको गाडी तोडफोडपछि गाडीमा आगजनी गरेका हुन्। प्रर्दशनका क्रममा उनीहरुले सडक अवरुद्ध गर्दै अन्य सवारी साधनलाई रोकेका थिए। सिप बिल्डिङमा आवेदन दिएकाले पनि उत्पादनमुलकमा आवेदन दिन पाउने पर्ने युवाहरुको माग छ । पाटन उच्च अदालतले सिप बिल्डिङमा आवेदन दिएका तर पास नभएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवदेन दिन आदेश दिएको थियो । तर, इपिएस कोरिया शाखाले अदालतमा मुद्दा दायर गर्ने १८ जनाले मात्रै परिक्षा दिन पाउने बताए पनि युवाहरु झन आक्रामक बनेका हुन ।

एक युवाकाे ज्यान गयाे

ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको ज्यान गएको छ। प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये एक युवकको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। ग्वार्कोमा भौतिक पूर्वाधार मन्त्रालयको गाडी जलाइएपछि अवस्था तनावग्रस्त भएको थियो। त्यसक्रममा प्रहरीसँग भएको झडपमा डोटी निवासी २२ वर्षीय युवक वीरेन्द्र शाहको ज्यान गएको हो।

 

दुई जनाको अवस्था चिन्ताजनक
ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । एकजनाको पाटन अस्पतालमा र अर्का एक जनाको किष्ट अस्पतालमा उपचार भइरहेको छ । रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षा दिएर कोरिया जान नपाएका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले सडक अवरुद्ध भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि अवस्था तनावपूर्ण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली चलाएको थियो ।

सम्बन्धित समाचार