free website hit counter

कोरियाबाट फर्केका ८०० नेपालीको रोजगारी संकटमा

beemaadmin
२०७७ बैशाख ७, आईतवार

काठमाडौं । कोरोना संक्रमणले स्वास्थ्यमा पुर्याएको असर जति ठूलो छ त्यो भन्दा ठूलो असर अर्थतन्त्रमा पुर्याएको छ । रेमिट्यान्समा धानिएको नेपालको अर्थतन्त्रमा कोरोनाले ठूलो क्षति पुर्याउने निश्चित छ । ६० लाख भन्दा बढी नेपाली विदेशमा छन् । कोरोनाले धरोप पारेको अर्थतन्त्र उकालो नलागेसम्म उनीहरुको रोजीरोटी सुरक्षित हुन्छ कि हुँदैन भन्ने आशंका गरिएको छ । विश्व अर्थतन्त्रमा मन्दी आएको बेला विभिन्न देशमा पुगेका नेपाली कामदारलाई ती देशले राख्न सक्छन् या सक्दैनन् त्यो त भोलिका दिनले बताउला । तर कोरोनाको असर रोजीरोटीमा पर्न थालेको दक्षिण कोरियाबाटै देखिन थालेको छ । कोरियामा रोजगारीमा रहेका र बिदामा नेपाल आएका झण्डै ८ सयको हाराहरीमा रहेका नेपाली पुनः कोरिाय जान पाउने हुन् या होइनन् भन्ने आशंका बढेर गएको छ । लगातारको लकडाउन र हवाई उडानमाथि लगोको प्रतिबन्धका कारण थुप्रै नेपाली नेपालमा अड्किएका छन् उता कम्पनीले तारन्तर हाजिर हुन वा जागिर छाड्न उर्दी जारी गरिरहेको छ । ८०० बढी नेपाली श्रमिक, विद्यार्थी र व्यवसायी, बिदामा वा कम्पनी परिवर्तन गरी अर्को कम्पनीमा लाग्नुअघि नेपाल पुगेर नेपालमै अड्किएका छन् । अनेक कष्टका साथ दक्षिण कोरिया पुगेका तर कमाउने बेलामा नेपाल फर्केर कम्पनीको स्वीकृत बिदा अवधिभित्रै कोरिया फर्कन नसक्दा उनीहरुको रोजगारी नै गुम्ने हो कि भन्ने चिन्ता थपिएको छ । यही समस्यालाई ध्यान दिएर केही नेपाली सङ्घसंस्थाले बिदामा नेपाल आइपुगेका नेपाली श्रमिकलाई कोरिया फर्काइदिन अनुरोध गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएका छन् ।

सम्बन्धित समाचार