बीरगञ्ज । विश्वभर कोरोनाको आतंकले सबैलाई चिन्तित बनाइरहँदा आशाका किरणहरु नभएका होइनन्, एकाध मानिसको ज्यान गए पनि लाखौं मानिस कोरोनालाई पछारेर घर फर्किरहेका छन् । बीरगञ्जस्थित नाराययणी अञ्चल अस्पतालबाट २ महिनाका बालकसहित १८ जना कोरोना भाइरसलाई पराजित गरी डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने १८ जना एकै परिवारका सदस्य हुन् । नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत उनीहरु बीरगञ्ज महानगपालिका–३ का स्थानीय बासिन्दा हुन् ।