काठमाडौं । कोरोनाका कारण जीवन गुमाएका एक बीमितको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी बापत १ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । कम्पनीको धनगढी शाखाले बीमित नारायण लम्सालको परिवारलाई १ करोड २४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले धनगढी उप–महानगरपालिका–७ मनहेरा निवासी व्यवसायी नारायण लम्सालको परिवारलाई सो रकम उपलब्ध गराएको बताएको छ । बीमित लम्सालकै घरमा पुगेर उनकी श्रीमती पुर्णमायाँ आर्चाय लम्साललाई १ करोड २४ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । नेपाल लाइफ इन्स्योरेन्सको सुदूरपश्चिम प्रदेश कार्यालयका क्षेत्रीय प्रबन्धक शैलेश श्रेष्ठ, धनगढीका शाखा प्रमुख धिरेन्द्र डाँगी,अभिकर्ता रक्षा महरा, धनगढी उपमहानगरपालिका ७ का अध्यक्ष सीताराम राना लगायतको उपस्थितिमा स्वर्गीय लम्सालकी श्रीमतीलाई चेक हस्तान्तरण गरिएको हो । ५० वर्षीय लम्सालले कोरोनासँग पराजित हुँदै वैशाख १७ गते काठमाडौँमा उपचारका क्रममा ज्यान गुमाएका थिए ।