free website hit counter

कोरोनाबाट ज्यान गुमाएका बीमितका परिवारलाई नेपाल लाइफले दियो ३५ लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ भाद्र ४, शुक्रबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सौराहा टाडी उपशाखाले मृतकका हकवालालाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले कोरोना दोस्रो लहरको कारणबाट निधन भएका रत्ननगर नगरपालिका १ निबासी बिक्रम चौधरीको परिवारलाई ३५ लाख २५ हजार ८ सय ५५ रुपैया मृत्युदाबी भुक्तानी गरेको गरेको हो । उनले कम्पनीमा ३ वटा बीमा गरेका थिए । पहिलो काठमाडौ शाखाबाट २० लाखको सुरक्षित जीवन बीमा, दोस्रो माहाराजगन्ज शाखाबाट ७ लाखको सुरक्षित जीवन बिमा र तेस्रो जरन्खु शाखाबाट ५ लाखको केटाकेटी बिबाह तथा सावधिक बीमा गरेका थिए ।
उनले २ बर्ष अगाडि काठमाडौ शाखाबाट २० लाखको बीमा गरेकोमा २ किस्ता भुक्तानी बापतको भुक्तानी २२ लाख ४७ हजार ८५५ रुपैयाँ र माहाराजगन्ज शाखाबाट प्रथम किस्ता भुक्तानी बापत गर्नु भएको ७ लाखको बीमामा ७ लाख ४५ हजार ५ सय गरि जम्मा २९ लाख ९३ हजार ३५५ रुपैयाँको चेक निजको श्रीमती सरस्वती महतोलाइ भुक्तानी गरेको कम्पनीले जनाएको छ । ५ लाखको केटाकेटी बीमा अन्तर्गतको भुक्तानी बच्चा १९ बर्ष पुराभएपछी ५ लाख ३२ हजार ५ सय रुपैयाँ भुक्तानी हुने समेत कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार