बग्दाद । कोरोनासँगको युद्धमा अग्रमोर्चामा लड्ने स्वास्थ्यकर्मीलाई मात्रै होइन सुरक्षामा खटिने सुरक्षाकर्मीको समेत जीवन तलमाथि परे क्षतिपूर्तिको व्यवस्था गरिएको छ । भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ । केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडाइका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको हो । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिन्दी भाषामा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अमितले आफ्नो जीवनको समेत प्रवाह नगरी निरन्तर कोरोना विरुद्धको लडाईमा सक्रिय भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, कामको सिलसिलामा उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भयो र दुर्भाग्यबस उनले हामीलाई छाडेर जानुभयो । उनको योगदानलाई म सलाम गर्दछु र आत्माको चिर शान्तिको कामना गर्दछु । मुख्यमन्त्री केजरीवालले उहाँको योगदान र लगावको उच्च मुल्याङ्कन गर्दै उहाँको परिवारलाई एक करोड क्षतिपुर्ति प्रदान गर्ने कुरा पनि ट्वीटरमै लेख्नुभएको छ ।