free website hit counter

कोरोनासँग हारेका घनश्यामका परिवालाई एलआईसी नेपालले दियो २८ लाख दाबी भुक्तानी

beemaadmin
२०७८ भाद्र २३, बुधबार

काठमाडौं । आफ्ना बीमितको ज्यान कोरोनाले चुँडेपछि एलआईसी नेपालले बीमा दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको कोहलपुर शाखाले बीमित घनश्याम पौडेलका परिवारलाई २८ लाख ३० हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको हो ।

मृतककी श्रीमती बसन्ता बोहरालाई घरैमा गएर कोहलपुर शाखाका प्रमुख सूर्य बहादुर बुढाथोकीले चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । बीमित पौडेलको २०७८ जेठ ६ गते कोभिड १९ का कारण मृत्यु भएको थियो । उनले २०७६ भदौ ११ गते १५ वर्ष अवधिको २५ लाख रुपैयाँ बीमाङ्कको सावधिक जीवन बीमा योजना खरिद गरेका थिए ।

यस अवधिमा मृतक पौडेलले २ किस्ता बापत तीन लाख ३८ हजार ७५० रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको कम्पनीले जनाएको छ । बीमितको परिवारले अहिलेसम्म भुक्तानी भएको बीमा शुल्क, बोनस र बीमाङ्क सहित २८ लाख ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । दाबी भुक्तानी कार्यक्रममा कम्पनीका कर्मचारी, अभिकर्ता तथा मृतकको परिवारका अन्य सदस्यहरुको सहभागिता थियो ।

सम्बन्धित समाचार