free website hit counter

कोरोना नियन्त्रणमा नबिल बैंकको ६ करोड सहयोग

beemaadmin
२०७७ भाद्र १, सोमबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नमा अग्रणी नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा ६ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका संयोजक निर्वाण चौधरीको पनि उपस्थिति थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृत शाहले नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरूविरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पुर्याउन पाउनु ठूलो कुरा भएको बताएका थिए । उनले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम भएको बताए ।

सम्बन्धित समाचार