free website hit counter

कोरोना बीमामा ८४ हजारको दाबी, साढे चार अर्बमाथि भुक्तानी

beemaadmin
२०७७ फाल्गुन २८, शुक्रबार

काठमाडौंं । बीमा समिति र नेपाल सरकारलाई टाउको दुखाई र प्रतिष्ठाको विषय बनेको कोरोना बीमाको दाबी भुक्तानी प्रक्रिया सहज ढंगले अगाडि बढेको छ । ८४ हजार ८ सय ७४ वटा दाबी परेकोमा हालसम्म ४८ हजार ६८ वटा दाबीको भुक्तानी पाएका छन् । हालसम्म कोरोना बीमाको साढे चार अर्ब भन्दा बढी भुक्तानी भएको छ ।

बीमा समितिले कोरोना बीमा बापत ४ अर्ब ६६ करोड ३० लाख भुक्तानी भएको हो । यसैगरी स्विकृत हुने प्रक्रियामा ३ हजार १ सय १२ बीमालेख रहेका छन् । यस्तै १० हजार ९ सय ४६ वटा दाबी इडिसिडिमा (इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा) मा अड्किएका छन् । यस्तै ४ हजार २ सय ३३ फाइल इडिसिडिमा पठाउँनमा लागि तयारी अवस्थामा राखिएको बीमा समितिले जनाएको छ ।

३ हजार ६ सय ३९ वटा दाबी भने प्रक्रिया नपुगेकाले सोको फाइल सम्बन्धित कम्पनीमै फिर्ता पठाइएको समितिले जनाएको छ । यता प्रमाणीकरणको प्रक्रियामा १४ हजार ३ सय ५३ वटा दाबीमा फाइल छन् । बीमा समितिले प्रक्रिया पुगेकाहरुको भुक्तानीमा कुनै ढिला सुस्ती नभएको स्पष्ट पार्दै आएको छ । समितिका नवनियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवाल कोरोना भुक्तानीमा समस्या नभएको दाबी गरेका छन् । बरु सरकारी कर्मचारी र सुरक्षाकर्मीको दाबी भुक्तानीमा ढिला भएको तर सर्वसाधारणकोमा ढिला नगरेको अध्यक्षले बताएका छन् ।

सम्बन्धित समाचार