free website hit counter

कोरोना बीमा : झण्डै १२ अर्बको दाबी, ५ अर्ब भुक्तानी

beemaadmin
२०७८ असार २७, आईतवार

काठमाडौं । सरकारको आड भरोसा पाएर धमाधम कोरोना बीमा गरेका बीमा कम्पनीहरु अहिले संकटमा छन् । नियामक निकाय बीमा समितिले जोखिम मोलेर विश्वभर नभएको महामारीको जोखिम बहन गर्ने हिम्मत गर्दा अहिले कोरोना बीमाले समग्र बीमा व्यवसायलाई नै नकारात्मक असर पु¥याएको छ । सरकारले आफ्नो दायित्व अन्तर्गतको रकम निकासा नगरिदिँदा धेरै सर्वसाधारणले परिपक्व भएको कोरोना बीमा बापतको भुक्तानी पाउन सकेका छैनन् । कुल दाबीको झन्डै ६० प्रतिशत अर्थात् ७ अर्ब रुपैयाँ बराबरको रकम अर्थ मन्त्रालयले निकासा नगरिदिँदा लगभग ७० हजार बीमितहरुले भुक्तानी पाउन नसकेका हुन् । नियामक निकाय बीमा समितिले हालसम्म कुल ११ अर्ब रुपैयाँ बराबरको कोरोना बीमा माग दाबी परेकोमा करिब ५ अर्ब रुपैयाँ बराबरको मात्र भुक्तानी दिन सकिएको र बाँकी रुपैयाँ सरकारकै कारण रोकिएन पुगेको जनाएको छ । अर्थ मन्त्रालयले भने उक्त रकम छिट्टै निकासा गर्ने र साउनको पहिलो, दोस्रो हप्तासम्म सम्बन्धित सबै बीमितहरुलाई भुक्तानी पाउने गरी व्यवस्था मिलाएको बताएको छ । कोरोना बीमा मापदण्ड, २०७७ अनुसार साढे ३ अर्ब माथिको माग दाबी भुक्तानीको दायित्व सकारको हो । हालसम्म ११ अर्ब रुपैयाँ बराबरको माग दाबी परिसकेको छ । यस्तोमा हालसम्म ५ अर्ब जति मात्र भुक्तानी भएको अवस्था छ । बाँकी अझै ६ अर्ब भुक्तानी दिन बाँकी छ । यो सरकारकै कारण रोकिन पुगेको हो । हालसम्म पनि कोरोना भाइरसको सङ्क्रमण दर नरोकिएकाले बीमा योजना अनुसार असार मसान्तसम्म कति बीमितहरुबाट भुक्तानी माग दाबी पर्ने र कति तिर्नुपर्ने अझै यकिन भइसकेको छैन। असार मसान्तसम्म करिब १२ अर्ब रुपैयाँ बराबर माग दाबी पर्ने अनुमान गरिउको छ ।

सम्बन्धित समाचार