free website hit counter

कोशीका ३५ प्रतिशत जनसंख्याले गरे जीवन बीमा

beemaadmin
२०८१ जेष्ठ ३०, बुधबार

काठमाण्डौ । बीमाको महत्व बढ्दो क्रममा छ । कोशी प्रदेशका ३५.६५ प्रतिशत जनसंख्याले जीवन बीमा गराएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोशी प्रदेशको कुल जनसंख्यामध्ये ३५।६५ प्रतिशत जनसंख्याले जीवन बीमा गराएका हुन् । पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कोशी प्रदेशको कुल जनसंख्या ४९ लाख ६१ हजार ४१२ रहेको छ । जसमध्ये १७ लाख ६८ हजार ८९३ जनसंख्याले जीवन बीमा गराएका छन् । राष्ट्र बैंकका अनुसार उक्त प्रदेशमा १३ अ र्ब ३७ करोड ५७ लाख बीमाङ्क रकमको जीवन बीमा भएको छ । त्यस्तै, कोशी प्रदेशमा कुल जनसंख्यामध्ये ४५।१६ प्रतिशत जनसंख्या भने बीमाको पहुँचमा रहेको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये जीवन बीमा गर्नेको संख्या १७ लाख ६८ हजार हुँदा निर्जीवन बीमातर्फ २ लाख ७४ हजार १८३ जनसंख्या आबद्ध छन् । कोशी प्रदेशमा जीवन र निर्जीवन गरी कुल सक्रिय बीमालेख संख्या २० लाख ४३ हजार ७६ रहेको छ । कोशी प्रदेशमा कुल १४ जिल्लाहरु रहेका छन् । साढे २० लाख बीमालेख संख्याको १५ अर्ब ९२ करोड ६३ लाख रुपैयाँ बराबरको बीमा रहेको छ । त्यस्तै, जीवन बीमातर्फ २ अर्ब ८६ करोड ४७ लाख रुपैयाँ र निर्जीवन तर्फ १८ अर्ब ७९ करोड ३१ लाख रुपैयाँ गरी कुल २१ अर्ब ६५ करोड ७९ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी भएको छ । कोशी प्रदेशको १४ वटा जिल्लामा जीवन बीमा कम्पनीहरुको कुल २८४ वटा शाखा विस्तार भएका छन् भने निर्जीवन बीमा कम्पनीका १५० वटा शाखा कार्यालय सञ्चालनमा छन् ।

सम्बन्धित समाचार

५ हजार ४०० रुपैयाँले बढ्यो सुनको भाउ

beemaadmin
२०८१ मंसिर ८, शनिबार

निरन्तर पाँचौ दिन पनि बढ्यो सुन

beemaadmin
२०८१ मंसिर ७, शुक्रबार

गरिमा विकास बैंक १८औं वर्षमा

beemaadmin
२०८१ मंसिर ७, शुक्रबार