free website hit counter

क–कसले पाए एनआईसी एशिया लघुवित्तको शेयर

beemaadmin
२०७७ असार २०, शनिबार

काठमाडौं । शेयर बजारको शून्यता ताड्नै खुलेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) शनिबार बाँडफाँड गरिएको छ । ४६ हजार ५ सय ७९ जनाले २० कित्ताको दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार उक्त सेयरमा रितपूर्वक आवेदन दिने सबैले १० कित्ताको दरले सेयर पाएका छन् । जसमध्ये ४६ हजार ५ सय ७९ जनाले गोलाप्रथाबाट थप १० कित्ता गरी जम्मा २० कित्ता सेयर हात पारेका हुन् । उक्त सेयरमा कूल ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । जसमध्ये ३ लाख ९७ हजार ७ सय ४१ जनाको आवेदन मात्र योग्य रहेको थियो । बाँकी १६ लाख ४ सय ३९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । असार १० देखि १४ गतेसम्मका लागि बिक्री खुला भएको उक्त आईपीओमा ४ लाख १४ हजार एक सय ८० जनाले कूल २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबर अर्थात २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ता सेयर माग गरेका थिए ।

सम्बन्धित समाचार