काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिृकत (सिइओ) मा पवन कुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव कम्पनी सञ्चालक समितिको जेठ १३ गते सम्पन्न बैठकले गरेको छ । हाल कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत रहेका उनलाई ४ वर्षको लागि सिइओ नियुक्त गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको प्रस्ताव बीमा समितिमा स्वीकृतिको लागि पठाएको कम्पनीले जनाएको छ । बीमा समितिको स्वीकृति पछि उनलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइनेछ ।