free website hit counter

गठन भयो गभर्नर सिफारिस समिति

beemaadmin
२०७६ चैत्र १७, सोमबार

काठमाडौं । रिक्त गभर्नर नियुक्तिका लागि सरकारले गभर्नर सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । केही दिनअघिको मन्त्रिपरिषद् बैठकले गभर्नरको नाम सिफारिस गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा रहेका छन् । समितिले तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्छ र तीमध्ये एकजनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्ने प्रावधान रहेको छ ।

सम्बन्धित समाचार