free website hit counter

गहना खरिदमा किस्ताबन्दीको सुविधा

beemaadmin
२०७७ माघ ३०, शुक्रबार

काठमाडौं । एकै पटक पैसा लगानी नगरे पनि अब गहना खरिद गर्न सकिने भएको छ । बैंक अफ काठमाण्डूले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहकलाई ‘भ्यालेन्टाइन डे’ को अवसरमा गरगहना खरिदको लागि इएमआई सुविधा ल्याएको छ ।
बैंकले श्री बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वैलर्स, लबिम मलसँगको सहकार्यमा ग्राहकलाई गरगहना खरिदको लागि इएमआई सुविधा ल्याएको हो । यस इएमआई सुविधामा ग्राहकले ४० हजारदेखि ५ लाखसम्मको गरगहना खरिद गर्न सक्नेछन् ।
साथै यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहकले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्नुको साथै १२ महिनाको भुक्तानी अवधिमा ग्राहकलाई २ महिनाको किस्ता छुट हुने बैंकले जनाएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित समाचार