काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको ज्यान गएपछि आश्रित परिवारलाई बीमा दाबीबापत २७लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीको क्षेत्रीय कार्यलय नेपालगन्ज अन्तर्गत शाखा कार्यलय लमहीले मृत्यु दाबी भुक्तानी गरेको हो ।
कोरोनाको कारण दाङ गढवा गाउँपालिका ४ का बिमित उमर मुसलमानको निधन भएपछि परिवारलाई मृत्यु दाबि बापतको २७ लाख २७ हजार रुपैयाँ एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा गढवा ४ दाङ का अध्यक्ष गुलाम मोहमदको बिशिष्ट आतिथ्य तथा लमही शाखा प्रमुख बिमला खनाल उपस्थिति सम्पन्न गरेको थियो ।कार्यक्रममा स्व उमरकी श्रीमतीले गुराँस लाइफ इन्स्योरेन्सलाई धन्यवाद ब्यक्त गरेकी थिइन् ।