free website hit counter

ग्रीनलाइफ हाइड्रोको आइपीओ शुक्रबार बाँडफाँड

beemaadmin
२०७७ फाल्गुन ४, मंगलवार

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार सर्वसाधारणमा बिक्री गरेको आइपीओ यसै शुक्रबार बाँडफाँड गरिन लागेको हो ।

हाइड्रोपावरको आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

Advertisement
Advertisement

यो कम्पनीले बिक्रीमा ल्याएको आइपीओको ७.३७ गुणा धेरै हो। मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ।

Advertisement
Advertisement

त्यस अनुसार ३ लाख २५ हजार १६५ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्। आवेदन दिएकामध्ये १० लाख १२ हजार अर्थात ७५.७ प्रतिशको हात हाली हुनेछ ।

सम्बन्धित समाचार