free website hit counter

ग्लोबल आइएमईबाट कुँवर बाहिरिए

beemaadmin
२०७७ असार २५, बिहीबार

काठमाडौं । मुलुककै ठूलो बाणिज्य बैंक ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा सञ्चालक समितिले स्वीकृत पनि गरिसकेको छ । स्वास्थ्य तथा आफ्नो व्यक्तिगत कारण देखाउँदै केही समय अगाडि नै राजीनामा दिएको बताइएको छ । केही साता पहिले नै पदबाट राजीनामा दिएका थिए । पेन्डिङमा रहेको राजीनामा बोर्डले बिहीबारमात्रै स्वीकृत गरेको थियो । तत्कालीन दुई ठूला वाणिज्य बैंक (ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल) मर्ज भएर ग्लोबल आईएमई बनेपछि क्षेत्री पुँजीका आधारमा मुलुकको सबैभन्दा ठूलो बैंकको सीईओ बनेका थिए । तत्कालीन जनता बैंकको सीईओ रहेका उनलाई बैंकको कार्यकारी नेतृत्व सुम्पिन दुवै बैंकका सञ्चालकहरू तयार भएका थिए । उनको राजीनामा स्वीकृत भएसँगै बैंकका डेपुटी सीईओ महेश ढकालले कामु सीईओको जिम्मेवारी पाएका छन् ।

कुँवरको राजीनमामा यी विषय समावेश भएका छन्
१. स्वास्थ्यका कारणले २०७७ असार १ गते ग्लोबल आइएमई वैकको प्रमुख कार्यकारी अधिकृत पदवाट मैले पेश गरेको राजीनामा वैकको सञ्चालक समितिले २०७७ साउन १ गतेबाट लागु हुने गरि स्वीकृत गरेको छ ।

२. म मेरो रोजगार समझौता अनुसारको वाँकी सेवा अवधी २०७८ जेठ मसान्तसम्म नै काम गरेर वैकिङ क्षेत्र मात्र होइन सम्पूर्ण क्षेत्रबाट पुर्णकालीन कामबाट अवकाश लिन चाहन्थे तर मानिसहरूका सवै इच्छा र आकांक्षा पुरा हुँदैनन् । म कुनै ठूलो महत्वकांक्षा राख्ने मान्छे होइन । जीन्दगी भरी मेहनत गर्ने र मेहनतको फल वापत जे पाएँ त्यसैमा चित्त बुझाए । तर मेरो यों आकांक्षा पुरा नभएकोमा मलाई जीन्दगी भर अलिकति पीडा हुनेछ ।

३. जिन्दगी भर मैले निरन्तर रुपमा ‘९९६’ को मोडेलमा काम गरें अर्थात विहान ९ बजेदेखि वेलुका ९ वजेसम्म हप्ताको ६ दिन काम गरें । जिन्दगीका थुप्रै दिन दिनको १४–१५ घण्टा र शनीबारका दिन काम गरेको छु । पढाइमा त अव्बल नै थिए तर सरकारी स्कुल र कलेजमा पढेको एक मध्यम वर्गीय किसानको छोरो थिए र सहायक तहबाट वैकिङ क्षेत्रमा प्रवेश गरेको थिए । म आज जहाँ छु र जिन्दगीमा मैले जे हासिल गरेँ त्यो सबै मेरो मेहनत कै फल हो ।

४. तर अव मेरो स्वास्थ्य र उमेरले त्यसरी नै ‘९९६’ को मोडेलमा निरन्तर रुपमा काम गर्न साथ नदिएको जस्तो महशुस भयो । २१ लाख भन्दा वढी ग्राहकहरू, ३१०० भन्दा वढी कर्मचारी र लाखौं शेयरधनीहरू भएको ग्लोबल आईएमई वैक जस्तो वैकमा जागिर खाने नाममा कुर्चिमा टासियर वस्न मन लागेन । आशातित गति, अपेक्षा र भावना अनुरुप कार्य सम्पादन गर्न निरन्तर ‘९९६’ को मोडेलमा काम गर्न जÞरूरी छ तर मेरो स्वास्थ्य र उमेरले साथ नदिएकाले सिईओको जिम्मेवारीमा निरन्तरता दिन उपयुक्त ठानिन । यदि मैले जागिर मात्र खाने सोचले कुर्चीमा टाँसिएर मात्र वसेको भए, बैंकका सबै सरोकारवालाहरू (ग्राहकहरू, शेयरधनीहरू, कर्मचारीहरू, नियमनकर्ता र सरकार र समुदाय) प्रति मैले अन्याय गरेको हुने थिए । यो मेरा लागि स्वीकार योग्य थिएन ।

५. विं.सं. २०७४ असार १ गते तत्कालीन जनता वैकमा सिइओको रुपमा कार्यभार सम्भाल्दा मेरो कार्यावधि ४ वर्ष तोकिएको थियो तर मैले त्रिवेणी विकास वैक र सिध्दार्थ विकास वैक मर्जÞ गरेर एकै चोटी ठूलो भएको जनता वैकलाई ‘अटोपाईलट’ मा लग्न २ वर्ष लाग्छ र सो समय पछि मलाई बिदा दिनु पर्छ भनेर तत्कालिन सञ्चालक समितिलाई भन्थे र व्यवस्थापनका सहकर्मी साथीहरुलाई पनि २ वर्ष पछि बैंक तपाईहरूले नै चलाउने हो, म त यहाँ २ वर्ष मात्र वस्ने हो भन्थे । त्यो हिसाबले म १३ महिना वढी वैकमा काम गरेको छु । अझ त्रिवेणी विकास वैक र सिध्दार्थ विकास बैंकको मर्जरको सिलसिलामा मैले परामर्शदाताको रूपमा काम गरेको अवधि समेत गणना गर्ने हो भने बैंकसँग ३१ र २ वर्ष सम्वद्ध हुन पुगेको छु ।

६. ग्लोबल आईएमई बैंकले राम्रो गरेको छ,राम्रो गर्दैछ र अझ राम्रो गर्ने सम्भावनाहरू विद्यमान छन् । देशको अर्थव्यवस्थामा अर्थपूर्ण योगदान दिन सक्ने वैकको क्षमता छ । वैकको पुर्वाधार सवल छ,वैकको व्यवसाय राम्रो छ, बैंकको छवि राम्रो छ र वैकको उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरू लगायत अन्य कर्मचारीहरु मेहनती, वफादार, लगनशील र परिणाममुखी छन् । म मेरा सम्पूर्ण सहकर्मी साथीहरुलाई ‘मिस’ गर्ने छु । यस्तो गुणहरू भएको वैकले भविष्यमा अझ राम्रो गर्दै जाने छ भनि सम्पूर्ण सरोकारवालाहरूमा आश्वस्त पार्न चाहान्छु । र म यस घडीमा वैकका सवै सरोकारवालाहरुमा आ–आफनो ठाउँबाट भविष्यमा पनि वैकलाई थप साथ र सहयोग गर्न हार्दिक आव्हान गर्दछु ।

७. विगत करीव साढ़े ३ दशक वैकिङ क्षेत्र र त्यस भन्दा अघी करीव साढ़े २ वर्ष अध्यापन क्षेत्रमा थुप्रै सहकर्मी साथीहरुसँग काम गरेको छु । आफुले काम गरेका वैकका कर्मचारीहरुका साथै अन्य बैक तथा वित्तीय संस्थाहरूका साथीहरू, नेपाल राष्ट्र बैक र अन्य नियमन संस्थाहरूका सरहरू र म्याडमहरूसँग र मेरा ग्राहकहरूसँग थुप्रै अन्तरकृयाहरु र वैठकहरु गरेको छु । यस दौरानमा मलाई थाहा छ मैले केही साथीहरु र विधार्थीहरुलाई चोट पुर्याएको छु । यसको लागि म यहाँहरुसँग माफी माग्न चाहान्छु । मैले जानी जानी यहाँहरूको चित्त दुखाउने काम नगरेकोले व्यक्तिगत रुपमा नलियर व्यावसायिक रुपमा लियर मलाई माफ गर्नु हुनेछ भन्ने आशा गरेको छु ।

८. यो अवकाश सँगै म अव कुनै पनि क्षेत्रमा रणनीतिक भूमिकाको बाहेक ‘डेली रुटिन’ प्रकृतिको पूर्णकालिक काम गर्ने सम्भावना न्यून छ । मेरो वाँकीको जीवन अध्ययन, अनुसन्धान, अध्यात्म र वैकिङ क्षेत्रका कर्मचारीलाई तालीम प्रदान गर्नमा विताउने छु । तालीम दिने काम मेरो जिविकाको कुरो मात्र नभएर यो मेरो शौखको चीज रहदै आएको छ । मैले वैकिङ क्षेत्रबाट सिकेको ज्ञान सोही क्षेत्रका कर्मचारीमा मेरो जीवनको अन्तिम घड़ीसम्म वाढ्न चाहान्छु । मैले सधै भन्दै आएको छु र आज म यहाँ फेरी दोहर्याउन चाहन्छु कि मेरो मृत्यु भारतका भूपू राष्ट्रपति अव्दुल कलामको जस्तो कक्षामा पढाउदा पढाउदै होस् । आशा छ भगवानले मेरो यो एक आकांक्षा पुरा गर्ने छन् ।

९. मेरो साढ़े ३ दशकको पूर्णकालिक व्यवसायिक जीवनमा उच्च नैतिकताका साथ ईमान्दारीतापुर्वक संस्थागत सुशासन कायम गर्दै काम गरेको छु । मैले सधै ‘गूड सिलीप’ रोजें, ‘गूड फूड’ कहिल्यै रोजिन । यसले मलाई ‘फियर लेस’ वनायो । कतिपय अवस्थामा यो मेरो ‘स्टे«न्थ’ पनि वन्यो ‘वीकनेश’ पनि । यसैकारण कसैले मेरो नैतिकता र इमान्दारितामा औंला ठड्याउन सकेनन् । जीन्दगीमा मैले कमाएको सबै भन्दा ठूलो पूँजी हो यो । मेरो यस्तो चरित्र निर्माणका लागि जन्मका हिसावले मलाई जन्म दिएर हुर्काउने मेरा स्वर्गीय माता पिता तथा हजुरआमा (मावली) र मेरो वैकिङको महाविद्यालय ग्रिन्ड्लेज र स्टयाण्डर्ड चार्टड बैंकलाई श्रेय जान्छ । म उहाँहरूलाई सधै संझने छु ।
१०. बैकमा काम गरिरहेको अवस्था र बैकिङ क्षेत्र भन्दा वाहिर रहेको अवस्थामा पनि मिडियाले मलाई सधैं साथ र सहयोग दियो । वित्तीय सुधार कार्यक्रम अन्तर्गत ३१ र २ वर्ष नेपाल वैकमा काम गर्दा ९जुलाई २००३ ९डिसेम्वर २००६० देखि नै मेरो उहाँहरुसँग संगत रह्यो । उहाँहरूको रचनात्मक सहयोगको लागि म हार्दिक धन्यवाद दिन चाहान्छु । कार्य व्यस्तता आदिका कारणले कुनै दिन फोन उठाइन होला, भेट्न सकिन होला वा ठाटयाउलो रूपमा प्रस्तुत भएको हुँम्ला । यसको लागि म उहाँहरूसँग क्षमा याचना गर्दछु ।
११. अन्तमा, वैकिङ क्षेत्रमा जे जति गर्न सकें यसको पछाडी मेरो परिवारको ठूलो हात छ । यसका लागि परिवारका सवै सदस्यहरुलाई धन्यवाद दिन्छु । पुर्णकालिन व्यवसायिक जीवनमा मैले जति समय परिवारलाई दिनुपदथ्यो त्यति दिन सकिन, यसका लागि म दुखी र क्षमाप्रार्थी छु ।

सम्बन्धित समाचार