काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८-७९ को कमाइबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।
बैंक संचालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७८– ७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव भएको हो । जसमा बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैँया छ। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।