free website hit counter

चन्द्रागिरी हिल्सको साढे १८ करोडको आइपीओ खुल्दै

beemaadmin
२०७७ मंसिर ५, शुक्रबार

काठमाडौं । चन्द्रागिरी हिल्सले नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशनको अनुमति पाएको छ । कम्पनीले १८.५ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीलाई १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्न बोर्डले कार्तिक २८ गते अनुमति दिएको हो ।कम्पनीले स्थानीय र सर्बसाधारणको लागि प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा जारी पूँजीको १२ प्रतिशत बराबरको शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले आइपीओ निष्काशनका लागि जेठ २५ गते बोर्डमा आवेदन दिएको थियो ।

सम्बन्धित समाचार