free website hit counter

चर्को घाममै बाढीले लग्यो चिताको शव

beemaadmin
२०७७ बैशाख १७, बुधबार

इलाम । चर्को घाम लागिरहेकै बेला आएको बाढीले इलामको फाकफोकथुम–३ को फाकफोक खोलामा जलाउन लागेको शव चितासहित वेपत्ता बनाएको छ भने एकजना बालकलाई समेत भेलले बगाएर मृत्यु भएको छ। आइतबार मृत्यु भएका स्थानीय राम लकान्द्रीको शव जलाउन लाग्दा आएको भेलले चितानै बगाएपछि उनको शव बेपत्ता भएको हो । सुगुरलाई चारो खोज्न जाँदा लडेर लकान्द्रीको मृत्यु भएको थियो।
त्यस्तै फाकफोक खोलाको बाढीले बगाएर सोमबार पौडी खेलिरहेका स्थानीय वीर बहादुर लिम्बुका छोरा १२ वर्षीय मनिष लिम्बुको मृत्यु भएको छ । गर्मीमा पौडी खेल्न गएका ४ मध्ये बालक लिम्बुको शव फेला परेको हो ।

सम्बन्धित समाचार