काठमाडौं । निरन्तर चार दिनदेखि घटेको सुनको मूल्य शुक्रबार बढेको छ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।