free website hit counter

चार सहसचिवको सरुवा

beemaadmin
२०७७ बैशाख ३, बुधबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार जना सहसचिवहरुको सरुवा गरेको छ । यसरी सरुवा हुनेमा मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा लामो समयदेखि बसेका बाबुराम अधिकारी पनि परेका छन् । उनलाई श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै मन्त्रालयमा केही महिनाअघि मात्रै पदस्थापना गरिएका सहसचिव यमलाल भुसाललाई प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रविराज पन्त प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा पुगेका छन् । पन्तले बुधबारै पदबहाली गरेको बुझिएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयका सहसचिव वीरबहादुर राई राष्ट्रिय योजना आयोगमा पुगेका छन् । राई सामाजिक विकास मन्त्रालयको सहसचिवमा विगत एक वर्षभन्दा अघिदेखि कार्यरत थिए । संघीय मामिला मन्त्रालयबाट दुई सहसचिवलाई अन्यत्र सरुवा गरिए पनि त्यहाँ कुनै नयाँ सहसचिव ल्याइएको छैन ।

सम्बन्धित समाचार