free website hit counter

चौतर्फी आलोचनापछि प्रम ओली र अध्यक्ष प्रचण्डबीच छलफल

beemaadmin
२०७६ चैत्र १९, बुधबार

काठमाडौं । विपद्को बेला खरिद गरिएको स्वास्थ्य उपकरणका विषयमा चौतर्फी आलोचना भएको छ । नेपाल मात्रै होइन विश्व नै विपद्मा छ । यतिबेला सबैको चासो नागरिकको स्वास्थ्यमा हुनुपर्ने आवाज चौतर्फी रुपमा आइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच स्वास्थ्य उपकरण खरिदका विषयमा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा स्वास्थ्य उपकरण खरिदबारे छलफल भएको थियो । महंगोमा खरिद भएर भ्रष्टाचार भएको भन्दै सरकारको चर्को आलोचना भएको भन्दै प्रचण्डले यसबारे चासो राखेका थिए । प्रधानमन्त्री ओलीले भने केही महंगो परेको हुनसक्ने तर भ्रष्टाचार नभएको दाबी गरेको बताइएको छ ।
यस्तै गाउँका गरिब, किसानहरुलाई पनि सम्बोधन गर्ने गरी राहत प्याकेज ल्याउनुपर्ने र धार्चुलालगायत भारतका विभिन्न स्थानमा अलपत्र परेका नेपालीहरुको उद्दारबारे छलफल भएको छ । नेपाली नागरिकहरुलाई उद्दार गरेर नेपाली भूमिमा क्वारेन्टाइन बनाएर राख्नुपर्ने नेकपा अध्यक्ष प्रचण्डको जोड थियो ।

सम्बन्धित समाचार