काठमाडौं । कोरोना विरुद्धको यात्रामा तीनै तहको सरकार सक्रिय छ । संघीय सरकारले कोरोना रोकथाम तथा उपचारका लागि कोष खडा गरेजस्तै अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले स्थापना गरेको कोषमा झण्डै ११ लाख रुपैयाँ संकलन भइसकेको छ । गाउँपालिकाभित्र तथा बाहिरका दाताहरुबाट संकलित सो रकम कोरोना रोकथाम, उपचार तथा राहतमा खर्च गरिने बताइएको छ ।