काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनीले महाप्रवन्धक पदमा लुम्बनी जनरल इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ आउने भएका छन् । हालका सिइओ एसके टमोटलाई कम्पनीले विदाइ गर्ने भएको छ।
टमोटले थप कार्यकाल बस्ने इच्छा नदेखाएपछि कम्पनीले टमोटको यस अगाडि तीन महिना कार्यकाल थप गरेको भए पनि अब कार्यकाल नलम्ब्याउने भएको हो ।
टमोट बाहिरिएसँगै कम्पनीले लुम्बनी जनरल इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई भित्र्याउने भएको हो। कम्पनीको अफर लेटर बुझिसकेका श्रेष्ठ एक महिने कुलिङ पिरियड सकेर मात्रै कार्यभार सम्हाल्न आउने भएका छन् ।
कम्पनीको स्थापना कालदेखिनै टमोट महाप्रवन्धकको जिम्मेवारीमा थिए । कार्तिक १८ गते नै उनको कार्यकाल सकिएको भए पनि सञ्चालक समितिले तीन महिने समय थप परेको थियो ।