काठमाडौं । कामु सिइओको जिम्मेवारी सम्हाल्दै आएका रामचन्द्र श्रेष्ठलाई नै जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्ति दिने भएको छ । कम्पनीको असार ९ गते बसेको सञ्चाल समितिको बैठकले कामु सिइओको जिम्मेवारी बहन गरिरहेका श्रेष्ठलाई नै सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बीमा समितिले सिइओ नियुक्त गर्न दावव दिइरहेकै बेला कम्पपनीले श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरे पनि समितिले स्वीकृति दिएपछि मात्रै निर्णय कार्यान्वयन हुन्छ । जनरल इन्स्योरेन्स स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत राखेको छैन । महाप्रवन्धकबाटै कम्पनी सञ्चालन हुँदै आएकोमा बीमा समितिले पछिल्लो समय थप कडाइ गर्दै सिइओ नियुक्त गर्न दबाव दिएपछि रामचन्द्र श्रेष्ठको बाटो खुलेको हो । जनरल इन्स्योरेन्सको महाप्रवन्धक रहेका एसके तमोटले गत माघ २२ गतेनै कम्पनी छाडेका थिए ।