काठमाडौं । विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारको प्रदान गर्ने ३० करोड ८० लाख रुपैयाँ अनुदान नेपालले स्वीकार गरेको छ । मन्त्रीपरिषदको असार १५ गते बसेको बैठकले सो रकम स्वीकार गरेको हो । त्यस्तै मोरङ नौबीसे २२० केभि, कुशाह–विराटनगर क्षेत्रका लागि प्रसारण लाइनका लागि जमिन उपलब्ध गराउने निर्णय गरेको छ । हत्या भएर मृत्यु भएका सर्लाहीका रामजनम रायको परिवारलाई राहात क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । विदामा नेपाल आएका तथा भिसा अवधि र करार अवधि बाँकी रहेका हकमा बैदेशिक रोजगारीमा जान दिने निर्णय भएको खतिवडाले बताए। सम्पूर्ण अन्तर्राष्ट्रिय सीमा साउन ७ गते मंगलबारसम्मका लागि स्थगित गरिएको छ। मालसामानको ढुवानीलाई भने यथावत राख्ने निर्णए भएको छ।