काठमाडौं । सूचना प्रविधिको प्रयोगसँगै ग्राहकलाई सुविधा विस्तार गर्दै अघि बढेको ज्योति लाइफ इन्स्योरेन्सले स्मार्ट एप्समा सुविधा थप गरेको छ । कम्पनीले जारी गरिएका बीमालेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारीहरु एप्समा लग ईन गरेपछि प्राप्त गर्न सकिने सुविधा थप गरेको हो । यस्तै कम्पनीद्धारा जारी गरिएका अन्य आवश्यक सुचनाहरुको नोटिफिकेशन अलर्ट समेत प्राप्त गर्न सकिन्छ । यसका साथै अभिकर्ताहरुले पनि आफुले बिक्रि गरेका बीमालेखहरुको विवरण, टिमको विवरण र ब्यवसाय, कर्जाको विवरण तथा कार्यतालिकाहरु समेतको जानकारी पाउन सकिन्छ ।
सुविधाहरु थप गरि स्मार्ट एप्सलाई पहिले भन्दा अझ सरल र धेरै सुबिधाहरुका साथ सार्वजनिक गरीएको कम्पनीले जनाएको छ । कम्पनीले सबै प्रकारका बीमा योजनाहरुको बारेमा आकर्षक भिडियो सहित सेवा–सुविधाहरु समेतको जानकारी पनि उपलब्ध गराएको छ । एप्स भित्र क्यालेण्डर तथा बिश्वसनीय प्रिमियम क्याल्कुलेटरको सुविधा पनि समावेस गरीएको र प्रयोगकर्ताले सम्भावित प्रस्तावकलाई सिधै बीमाशुल्क गणनाको प्रोपोजल पठाउन÷शेयर गर्न सकिने सुविधा रहेको पनि कम्पनीले जनाएको छ । कम्पनीले एन्ड्रोइड तथा आइ।ओ।एस। दुबै मोबाईल प्रविधिमा एप्स उपलब्ध रहेको र नेपाली तथा अङ्ग्रेजी भाषामा समेत उपलब्ध रहेको जनाएको छ ।