काठमाडौं । रोजगारीको सिलसिलामा मलेसियामा रहेका बेला ज्यान गुमाएका बीमितका परिवारलाई ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा वापतको रकम हस्तान्तरण गरेको छ ।
कम्पनीको विर्तामोड शाखाले मृतकको घरमै पुगेर बीमा दाबी वापतको रु १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
कम्पनीले मृतक आईतमाया मगरको नाममा ३ बर्षअवधिको म्यादी बीमा वापतको रकम उनका भाई जीवन मगरलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
घातक रोग वापतको बीमा रकम हस्तान्तरण
यसैगरी ज्योति लाइफले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले बीमा दाबी वापतको उक्त रकम कार्यालयमा नै बीमितलाई हस्तान्तरण गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारमा गएका सरोज ढुंगानालाई घातक रोग वापतको बीमा दाबी वापतको ४ लाख ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । उनले कम्पनीबाट वैदेशिक रोजगारमा जानुअघि बीमा गराएका थिए । क्यानसर भएपश्चात् उपचार गराउन ढुंगाना नेपाल आएका थिए।