काठमाडौं । बीमाले जीवन फिर्ता दिन नसके पनि आश्रित परिवारलाई केही राहत दिन सक्छ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको निधनपछि परिवारलाई बीमा वापतको दाबी भुक्तानी दिएको छ । कोभिड १९ को कारण ज्यान गुमाएका पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई कम्पनीले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । ज्योति लाईफको ज्योति थ्रि ट्वान्टी धनबहार जीवन योजना अन्तर्गतको बीमालेख लिएका श्रीकृष्ण महर्जनको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । कम्पनीकी शाखा प्रमूख शान्ता रिजाले मृतकको श्रीमती रजिसा महर्जनलाई दाबी वापतको २० लाख रुपैयाँ हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।