free website hit counter

ट्रम्पको निर्णयप्रति डब्लुएचओको प्रतिक्रिया

beemaadmin
२०७७ बैशाख ४, बिहीबार

एजेन्सी । विश्व स्वस्थ्य संगठनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति खेद जताएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम रोक्ने घोषणा गरेका थिए । सो घोषणापछि डब्लुएचओले यस्तो प्रतिक्रिया जनाएकोहो । अमेरिकाले डब्ल्यूएचओलाई हरेक वर्ष ४० देखि ५० करोड डलर रकम उपलब्ध गराउँदै आएको र चीनले मात्र ४ करोड डलर दिने गरेको ट्रम्पले बताएका थिए । अमेरिकी राष्ट्रपतिले डब्ल्यूएचओलाई यति हुँदाहुँदै पनि चीनको पक्षमा काम गरेको आरोप लगाउँदै कोरोनाभाइरस संक्रमण रोक्नका लागि संगठनको भूमिका ठिक नभएको पनि बताएका थिए । अब यसबारे डब्ल्यूएचओको पनि प्रतिक्रिया आएको छ ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडनम गिब्रिएससले भनेका छन् अमेरिका लामो समयदेखि डब्ल्यूएचओको साथी रहँदै आएको छ र उसले आर्थिक रुपमा मद्दत पनि गरिरहेको छ । हामी अमेरिकी राष्ट्रपतिद्वारा विश्व स्वास्थ्य संगठनलाई प्रदान गर्दै आएको रकम रोक्न दिइएको आदेशप्रति खेद प्रकट गर्दछौं । अमेरिकाले रकम बन्द गरेपछि पर्ने प्रभावबारे डब्ल्यूएचओले समीक्षा गरिरहेको छ । हामी आफ्ना पार्टनरसँग आर्थिक संकटको विषयमा छलफल गर्नेछौं ताकि कुनै प्रकारको समस्या नआओस्, उनले भने, कुनै पनि हालतमा काम नरोकियोस् भन्ने कुराको हामी सुनिश्चित गर्न चाहन्छौं । उनी थप्छन्, जहाँ सुधार गर्नुपर्नेछ ती स्थानको पहिचान गर्ने कुरामा कुनै शंका छैन । हामीले गर्दै जाँदा सिक्ने पनि त हो । तर अहिलेको लागि हाम्रो ध्यान–मेरो ध्यान यो भाइरसलाई रोकेर जीवन बचाउनेमा केन्द्रीत छ ।

सम्बन्धित समाचार