free website hit counter

ड्युटी सक्नासाथ असईसाबले किन हाने आफैँलाई गोली

beemaadmin
२०७७ जेष्ठ ११, आईतवार

काठमाडौं । मान्छेको मन न हो कसलाई के कुराले सताउको हुन्छ कसलाई के । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई) ले आफैंले आफैंलाई टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका छन् । आइतबार बिहान डिउटी सकेर फर्केपछि कोठाको ढोका थुनेर असई महेश कार्कीले आफ्नै टाउकोमा गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिएका छन् । डीआईजी पोखरेलका अनुसार उनको टाउकोमा गोली लागेको छ । उनले के कारणले आत्महत्या गरे भन्ने खुलिसकेको छैन । उनको मन एकाएक किन भाँडियो र यो बाटो रोजे भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ । (सांकेतिक चित्र)

सम्बन्धित समाचार