free website hit counter

तीनवटी श्रीमतीलाई पालो पालो मिलाउन नसकेपछि सैनिकले दिए राजीनामा

beemaadmin
२०७८ मंसिर १२, आईतवार

नेपालीमा उखानै छ दुई स्वास्नीका पोई, कुना पसी रोई अझै तीनवटी हुनेको हालत के होला ? यस्तै आपत परेको छ एकजना सैनिकलाई । सीमामा देशको सुरक्षाको जिम्मा र घर परिवार, पत्नी छोराछोरीको चिन्ता, यी दुई कुराहरु लगभग हरेक सैनिकको जीवनमा हुन्छन् । इराकमा यस्तै जटिल परिस्थितिबाट गुज्रिरहेका एक सैनिकले राजीनामा दिए । यी सैनिकले जागिर छोड्नुको कारण निकै अनौडो छ र यही कारणले यो विषय अहिले धेरै चर्चामा छ ।

राजीनामा दिने सैनिकका तीन पत्नी छन् । एक स्थानीय न्यूज पोर्टल न्यास न्युजलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएअनुसार उनका पत्नीहरुले सधैं सेनामा आफ्ना पतिलाई निकै कम विदा दिइने भएकोले आफ्ना पति परिवारसँग बस्नको लागि समय मिलाउन नसकेको गुनासो गरिरहन्थे । श्रीमतीहरुलाई पालैपालो समय पुर्याउन नसकेका ती सैनिकले अन्ततः जागिरबाटै राजीनामा दिए ।

Advertisement
Advertisement

उनका कमाण्डरले भने राजीनामा स्वीकार गर्नुको सट्टा उनलाई १२ दिन विदा दिने निर्णय गरे । उनले ती सैनिक एक श्रीमतीसँग ४ दिनका दरले तीनवटै श्रीमतीसँग बस्न पाउन् भनेर कमाण्डरले विवाद दिएका थिए । विदा पाएपछि भने सैनिकको मन बदलियो र उनले राजीनामा फिर्ता लिए । यी सैनिक इराकको कुन टुकडीमा थिए र उनको पोस्टिङ कहाँ थियो भन्ने खुलाइएको छैन ।

Advertisement
Advertisement

सम्बन्धित समाचार