free website hit counter

तीन दर्जन सहसचिव को कहाँ पुगे ?

beemaadmin
२०७६ फाल्गुन २९, बिहीबार

काठमाडौं । कार्यक्षमताका आधारमा बढुवा भएका तीन दर्जन सहसचिवहरुको नियुक्तिसँगै पदस्थापना गरिएको छ । बढुवा भएको लामो समयसम्म नियुक्ति नपाएका उनीहरुको नियुक्ति सिफारिशमा मुद्दा परेका कारण त्यसको छिनोफानो गर्न समय लागेका कारण ढिलो हुन गएको हो । उपसचिवबाट बढुवा भएका ३७ जना सहसचिवको पदस्थापना तथा बढुवा गरिएको छ । नियुक्तिसँगै पदस्थापना गरिएका नयाँ सहसचिवहरुको व्यवस्थापन गर्ने सिलसिलामा ज्येष्ठताका आधारमा बढुवा भई पदस्थापना भइसकेका केहीको एक महिना नपुग्दै सरुवा गरिएको छ । यसरी सरुवा हुने सहसचिव इन्द्रमणि पोखरेल रहेका छन् । उनी एक महिनाअघि मात्र स्वास्थ्यमा पुगेका थिए । उनलाई अहिले बिराटनगर महानगरपालिकामा सरुवा गरिएको छ । सामान्य प्रशासन स्रोतकाअनुसार पदस्थापना गरिएका अन्य सहसचिवहरुमा अर्थ मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेलाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्रालयका भरतमणि सुवेदीलाई प्रदेश ५ को मुख्यमन्त्री कार्यालय, अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख घिमिरेलाई प्रदेश २ मा
पठाइएको छ । यसैगरी राष्ट्रिय महिला आयोगका दीपेन्द्र काफ्ले तथा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद अधिकारी गृह मन्त्रालयमा सरुवा भएका छन् । काफ्ले केही समयअघि शिक्षा मन्त्रालयबाट महिला आयोग पुगेका थिए । यसैगरी सुरेशप्रसाद नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भेषबहादुर कार्की उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैकुण्ठनिधि शर्मालाई जितपुर सिमरा उपमहानगरपालिकामा पदस्थापना भएका छन् भने ध्रुवकुमार पोखरेललाई पोखरा महानगरपालिकामा, भीमसेन तिमिल्सिनालाई थारू आयोगमा, शान्ता अधिकारीलाई राष्ट्रिय महिला आयोगमामा पदस्थापना भएको छ । ध्रुव गैडालाई प्रदेश २ को प्रदेश प्रमुखको कार्यालयमा, कैलाशराज पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको छ ।
कृष्णप्रसाद पराजुलीलाई प्रधानमन्त्री कार्यालयमा, शैलजा रेग्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, बाबुराजा श्रेष्ठलाई नेपाल ट्रस्टको कार्यालयमा, राजीव पोखरेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, शिवादेवी दाहाल र शम्भु मरासिनीलाई अर्थ मन्त्रालयमा पदस्थापन गरिएको छ ।
यस्तै गृह मन्त्रालयमा पदस्थापन हुनेमा सरोजप्रसाद गुरागाईं, दीपकराज नेपाल, पुण्यविक्रम पौडेल, केशवप्रसाद बिमली, ज्ञानप्रसाद ढकाल, शंकरहरि आचार्य, वासुदेव दाहाल, योगेन्द्रप्रसाद पाण्डे, हरिप्रसाद घिमिरे, दीपककुमार पहाडी, कोषहरि निरौला, अर्जुनकुमार शर्मा, हिरालाल रेग्मी छन् । ख्यामबहादुर थापा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, शंकर नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, विदुरप्रसाद खनाल धरान उपमहानगरपालिका, कृष्णबहादुर बोहोरालाई धनगढी उपमहानगरपालिका, नरनाथ गिरीलाई इटहरी उपमहानगरपालिका सरुवा भएका छन् यसैगरी
कृष्णप्रसाद लम्साललाई लोकसेवा आयोगमा, ओमबहादुर खड्कालाई नेपालगन्ज उपमहानगरपालिकामा, प्रदीपराज अधिकारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, कविराज पौडेललाई हेटौंडा उपमहानगरपालिकामा, भूमिराज शर्मालाई वीरगन्ज महानगरपालिकामा पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार