free website hit counter

थपिएकाे १० दिन पनि घरभित्रै बसौं

beemaadmin
२०७७ बैशाख १५, सोमबार

सरकारले आजदेखि लागु हुने गरि १० दिन लकडाउन लम्बाएको छ | काठमाडौ महानगरपालिका लगायत अन्य स्थानीय निकाय तथा प्रदेश सरकारले लकडाउन खुकुलो बनाउन सक्ने जनाएको छ | बिना पूर्व तयारी लकडाउन खुकुलो गर्दा सहरमा कोरोना संक्रमण देखा पर्ने आधार खडा हुनेछ | लकडाउनको अबधिमा सयौं बस काठमाडौबाट बिभिन्न जिल्लामा गएका छन् | ती बसमा उपत्याका बाहिरबाट धेरै नागरिक उपत्याकामा प्रवेश गरेका छन् | यदि उनीहरुमध्ये कोहि संक्रमित भएमा र लकडाउन खुकुलो भएमा सहरी क्षेत्रमा कोरोना संक्रमण फैलिन सक्छ | तसर्थ निम्न बुँदा कार्यान्वयन गर्न / गराउन मेडिया, सरकार अन्तर्गतका सुरक्षाकर्मी तथा कर्मचारी, नगरपालिका तथा आम बासिन्दामा अनुरोध गर्दछु |

– सकभर घरबाहिर निस्किनु हुँदैन | बाटो खाली देखेपनि त्यो बाटोबाट भर्खर संक्रमित व्यक्ति पास भएको हुनसक्छ | अघिंपछि हिंडेको व्यक्ति संक्रमित हुनसक्छ, संगै किनमेल गरेको व्यक्ति संक्रमित हुनसक्छ | तसर्थ घरको एकजना मात्र किनमेलको लागि सुरक्षित तबरले जाने | सकिन्छ भने एकदिनमा २-४ दिनको सामान किनेर बाहिर ननिस्किने |
– सकभर किनमेलको समय दिउँसो १२-२ बजे कायम गर्ने | यो समयमा भीडभाड कम हुन्छ | बिहान र बेलुका एकदम कडा गर्ने |
– पंजा, मास्क, विन्ड चिटर, ट्राउजर, जुत्ता कभर ( पोलिथिन भएपनि ), चस्मा, ह्याण्ड स्यानिटाइजर लगायतका सुरक्षा सामग्री लगाएर मात्र घरबाहिर निस्किने | घरमा आएपछि ती सबैलाई घर बाहिर घाममा सुकाउने | पोलिथिन ब्याग, सर्जिकल मास्कलाई डिस्पोज गर्ने |
– घरमा आएपछि साबुनपानीले हात मिचिमिची धुने |
– सुपरमार्केट खुल्न नदिने | त्यहाँ हुने भीडभाडले कोरोना सर्ने जोखिम हुन्छ |
– तरकारी बजार तथा फलफुल बजारबाट खुद्रा कारोबार बन्द गराउने | त्यहाँ लाग्ने मेलाले संक्रमण सार्ने उच्च जोखिम हुन्छ |
– २ जनाभन्दा धेरै व्यक्ति संगै हिंड्न नपाउने | हिंड्दा, सामान किनमेल गर्दा अनिबार्य रुपमा ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने |
– प्रहरी गस्ती मुख्य सडकमा मात्र सिमित भएको तथा जोखिम भित्रि बस्तीमा भएको हुँदा प्रहरी गस्ती भित्रि बस्तीमा बढाउने |
– खाद्य पसल, ग्यास पसल, कृषि सामग्री पसल, औषधि पसल, सरकारी तथा निजि अस्पताल, कृषि तथा उद्योग, निर्माण कार्यलाई बाहेक अन्य कार्यलाई खुल्न नदिने |
– लकडाउन प्रभावकारी बनाउन सरकारले निम्न आय भएका बर्गलाई पुग्दो राहत दिने |
– यो १० दिनलाई ‘ मोडेल लकडाउन ‘ बनाउन सरकारले सक्दो कडाइ गर्ने | यो कडाइ जनताको जीवन बचाउन गरिएको तथ्य प्रचारप्रसार गर्ने |
– यो १० दिनमा सरकारले गृहकार्य गरेर तथा ४-५ चरणको तालिका निकालेर लकडाउनलाई खुकुलो बनाउंदै जाने |

सम्बन्धित समाचार