काठमाडौं । सामान्य क्षतिपछि पहिलो समूहको सलह मत्थर भएको बेला भारतबाट नेपालमा सलहको ठूलो समूह दोस्रो पटक नेपाल छिरेको छ । प्रदेश ५ को दाङ जिल्ला हुँदै नेपालमा सलहको ठूलो समूह नेपालमा छिरेको हो । भारतसँग सीमान जोडिएको कोइलाबास क्षेत्रमा सलहको ठूलो समूह प्रवेश गरेको स्थानीयले जानकारी दिएका छन् । राप्ति गाउँपालिकाको वडा नम्बर २ र ३ मा अहिले लाखौं को संख्यामा सहल देखिएको स्थानीयले बताएका छन् । सहलको झुण्ड फैलने क्रम जारी रहेको र बालिनालीमा क्षति पु¥याउन थालेको स्थानीयहरु बताउँछन् । सहलको संख्या हेर्दा ठूलो क्षति पार्न सक्ने देखिएको स्थानीयहरुको भनाइ छ । केही साताअघि आएका सलहले प्रदेश ५ का जिल्लाहरुमा बालीनाली नास गरेको थियो । पहिले सानो झुण्ड आएको विज्ञहरुले बताएका थिए ।