काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना दुई बीमितका आश्रित परिवारलाई मृत्यु दाबी बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको उप शाखा कार्यालय मुगुले मुगु कार्मारोङ्ग गाउँपालिका ५ निवासी छिरिङ तुन्डुप लामाको परिवारलाई मृत्यु दाबी बापतको रकम हस्तान्तरण गरेको हो । लामाको दुर्घटनामा परि मृत्यु भएको थियो । उनले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पाँच लाख रुपैयाको बीमा गरेका थिए । कम्पनीले स्थानीय जनप्रतिनिधि, कम्पनीका अभिकर्ता, सुरक्षानिकायका प्रतितिधि लगायतको उपस्थितिमा श्रीमती किङम्री लामालार्इ १० लाख रुपैया हस्तान्तरण गरेको जनाएको छ ।
यसैगरी कम्पनीले कुसे गाउँपालिका ८ जाजरकोट निवासी कृष्णबहादुर वस्नेतको परिवारलाई पनि दाबी वापत दुई लाख २५ हजार रकम हस्तान्तरण गरेको छ । उनको २०७७ चैत्र १४ गते दुर्घटनामा परि मृत्यु भएको थियो । उनले सन नेपाल लाइफ इन्स्योरेन्समा १ लाख रुपैयाको बीमा गरेका थिए । मृतकले इन्छाएको व्यक्ति छोरा नावालक भएकोले श्रीमती कमला बस्नेतलाई २ लाख २५ हजार रुपैयाको चेक हस्तान्तरण गरेको हो ।