free website hit counter

दुई बैंकले किने हिमालयन रिको एक अर्ब रुपैयाँ बराबरको सेयर

beemaadmin
२०७८ श्रावण २५, सोमबार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले हिमालयन रि इन्स्योरेन्स कम्पनीको एक अर्ब रुपैयाँको सेयर किनेका छन् । दुबै बैंकले ५०र५० करोड रुपैयाँ बराबरको सेयर किनेका हुन् । ग्लोबल आईएमई, प्रभु, एनआईसी एशिया लगायत बैंकहरुले नेपाल पुनर्बीमा कम्पनीको सेयरमा ठूलो लगानी गरेपछि नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि नयाँ पुनर्बीमा कम्पनीको सेयरमा ठूलो लगानी गरेका हुन् । हिमालयन रि इन्स्योरेन्स कम्पनीमा ११० जना व्यक्ति तथा कम्पनीले ७ अर्ब रुपैयाँ लगानी गरेका छन् । त्यसमा अधिकांश व्यक्तिगत तथा प्रालि प्रर्वद्धक छन् भने ३ वटा पब्लिक लिमिटेड रहेका छन् । दुई बैंकका साथै हिमालयन इन्फ्राष्ट्रक्चर फण्डले पनि १ करोड रुपैयाँ लगानी गरेको छ । हिमालयन रिलाई बीमा समितिले पुर्नबीमा व्यवसाय गर्न लाइसेन्स दिएको छ तर कम्पनीले व्यवसायिक कारोबार भने शुरु गरिसकेको छैन ।

सम्बन्धित समाचार