free website hit counter

दुर्घटनाग्रस्त तारा एयरको बीमा हिमालयन जनरलमा, चालक दलको बीमा एनएलजीमा

beemaadmin
२०७९ जेष्ठ १६, सोमबार

काठमाडौं । मुस्ताङको थासाङ–२ मा दुर्घटनाग्रस्त भई २२ जनाको ज्यान गएको तारा एयरको जहाजको बीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गरेको थाहा भएको छ । चालक दलका सदस्यहरुको व्यक्तिगत बीमा दावी एनएलजी इन्स्योरेन्समा गरिएको खुलेको छ ।
तारा एयरको जहाज दुर्घटनामा २२ जना यात्रु तथा पाइटलको २२ लाख डलर तथा अन्य रकम जहाजको लाईफसाईकलको आधारमा निर्धारण हुनेछ । सो आधारमा कम्पनीमा पनि सो घटनामा एक अर्ब जति रकम बीमा दावी पर्नेछ । हवाई बीमा नेपाली बीमा कम्पनीले बीमा गराएपनि ९९।५ प्रतिशत जोखिम अन्यत्र हुने हुँदा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमाथि ठूलो आर्थिक भार भने पर्नेछैन ।

 

को को थिए यात्रुरु

१ वाजभवी बन्देकर

२ इन्द्र बहादुर घले
३ पुरुषोत्तम घले
४ राजन कुमार घले
५ वसन्त लामा
६ गणेश नारायण श्रेष्ठ
७ रविना श्रेष्ठ
८ रष्मि श्रेष्ठ
९ रोजिना श्रेष्ठ
१० प्रकास सुनुवार
११ मकर बहादुर तमाङ
१२  राममाया तमाङ
१३ सुकुमाय तामाङ
१४ तुलसा देवी तमाङ
१५ अशोक कुमार त्रिपाठी
१६ धनुष त्रिपाठी
१७ रितिका त्रिपाठी
१८ युडब्लुई विल्नर
१९ मेइके ग्रिट ग्राफ,

चालक दलको सदस्यमा
क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
को–पाइलट उत्सव पोखरेल
एयर होस्टेज किस्मी थापा

सम्बन्धित समाचार