free website hit counter

दुर्घटनामा ज्यान गुमाएका बीमितको घरैमा पुगेर युनियन लाइफले दियो बीमा दाबी भुक्तानी

beemaadmin
२०७८ भाद्र १७, बिहीबार

काठमाडौं । बीमा दाबी भुक्तानी प्रक्रिया सहज हुँदै गएको छ । आवश्यक कागजात पूरा भएपछि बीमा कम्पनीहरुले बीमितको घरैमा पुगेर दाबी भुक्तानी हस्तान्तरण गर्ने क्रम बढ्दो छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कुश्मा शाखाले भदौ १६ गते मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले मोदी गाउँपालिका १ का बीमित बिनोद मल्लको घरमा गई उनकी श्रीमति तिलु मल्ल र बुबा लोकबहादुर मल्ललाई २० लाख २८ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । बीमित मल्लले ८ महिना अगाडि १० लाख बराबरको बीमा गराएका थिए । उनको गत असार ६ गते सवारी दुर्घटनामा परि मृत्यु भएको थियो । कम्पनीले मोदी गाउँपालिका १ का अध्यक्ष गौ प्रसाद गुरुङको प्रमुख आतिथ्यतामा एक समारोहकाबीच बीमा दाबी भुक्तानी गरेको हो । उक्त कार्यक्रममा कम्पनीका गण्डकी प्रदेश उपप्रमुख बलराम गौतम, एजेन्सी म्यानेजर प्रमोद सुवेदी, सन्तोष मल्ल, साजन मल्ल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा एजेन्सि म्यानेजर साजन मल्लले स्वागत मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा कम्पनीका गण्डकी प्रदेश उपप्रमुख गौतमले बीमा सम्बन्धि आफ्नो मन्तव्य राखेका थिए । साथै मोदी गाउँपालिका १ का वडाध्यक्ष गुरुङले आफ्नो भनाइ राख्दै बीमाले आर्थिक सुरक्षा प्रदान गर्ने र पीडितलाई थोरै भएपनि मलमपट्टीको काम गरेको भन्दै कम्पनीलाई कृतज्ञता ज्ञापन गरेका थिए । कम्पनीको कुश्मा शाखाका प्रमुख बलराम आचार्यले उक्त कार्यक्रम संचालन गरेका हुन् ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार