free website hit counter

धितोपत्र सम्बद्ध सबै कर्मचारीको तीन दिनभित्र कोरोना बीमा गराउन निर्देशन

beemaadmin
२०७७ भाद्र १, सोमबार

काठमाडौं । कोरोना बीमामा आम सर्वसाधारणको आकर्षण बढिहरेको बेला विभिन्न संघसंस्थाहरुले पनि सामूहिक रुपमा कोरोना बीमा गराउन थालेका छन् । कोरोना संक्रमणको अवस्था जटिल बन्दै गर्दा सबैतिर कोरोना बीमाको आकर्षण बढेको हो ।
नेपाल धितोपत्र बोर्डले पनि सबै स्टक ब्रोकर कम्पनी तथा रेटिङ एजेन्सीहरुलाई निर्देशन जारी गर्दै तीन दिनभित्र सबै कर्मचारीहरुको कोरोना बीमा गराउन निर्देशन दिएको छ । बोर्डका उप कार्यकारी निर्देशक रुपेश केसीले सबै स्टक ब्रोक कम्पनीलाई आफ्ना कर्मचारीहरुको कम्पनीकै खर्चमा कोरोना बीमाद्वारा सुरक्षण गर्न भनेको छ । त्यस्तै रेटिङ एजेन्सी तथा धितोपत्र व्यवसायीहरुलाई आफ्ना कर्मचारीहरुको कोरोना बीमा तीन दिन गराई सो को जानकारी नेपाल धितोपत्र बोर्डमा जानकारी गराउन भनिएको छ । बोर्डले कम्पनीहरुलाई दिएको निर्देशनमा कुनै कर्मचारीहरु आईलेशन वा क्वारेन्टाईनमा बस्नु परेमा त्यसरी बसे बापतको तलव कट्टा नहुने गरी बिदा उपलब्ध गराउन समेत भनेको छ ।

सम्बन्धित समाचार